दुर्गा बिसी,
सल्यान २८, पौष ।
सल्यान बन्गाड कुपिण्डे नगरपालिकामा शैक्षिक गुणस्तर खस्कदैँ गएको सरोकारवालहरुले बताएका छन् । शिक्षा सम्बन्धि सरोकारवाला निकाय, राजनीति दल, अभिभावक र विद्यार्थी माझ इन्सेक सल्यानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार अभाव, शिक्षक दरवन्दि न्यून लगाएतका कारण शैक्षिक गुणस्तर सोचेअनुसार अगाडी बढ्न नसकेको बताएका हुन् ।
अभिभावकहरुले शिक्षा क्षेत्रमा आएको वजेट समेत फ्रिज भएर जाने गरेको गुणासो गरेका छन् । यस्तै विद्यार्थीहरुले सामुदायिक विद्यालयमा प्रशासनिक, पठनपाठन सँगै शैक्षिक गतिविधिहरु प्रर्याप्त मात्रामा नहुने गरेको बताएका हुन् । उनीहरुले शैक्षिक सुधारका लागी स्थानिय तहले पहल गर्नुपर्ने बताएका थिए ।
मानवअधिकार समूह बनगाडका सचिव एवम् पत्रकार दुर्गा विसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य आशा वलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रभाकर माद्यामिक बिद्यालयका शिक्षक पुष्कर विसीले बनगाड कुपिण्डेको शैक्षिक अबस्थाका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । सो अबशरमा नेकपा नगर कमिटी अध्यक्ष कीर्तिवहादुर राना, नेपाल रेडक्रस सोशाइटी कर्णाली प्रदेश सदस्य गणेश विसी, बनगाड क्याम्पस प्रमुख गणेश चन्द, प्रभाकर माद्यामिक बिद्यालयका प्रधानाध्यापक शिखर कुमार यरी, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गञ्जमान वुढा लगाएतकाले बोल्नुभएको थियो ।
कार्यक्रममा इन्सेक सल्यान प्रतिनिधि मिना वुढाथोकी, रामचन्द्र रेग्मी लगाएतको सहभागिता रहेको थियो । यसैबिच बनगाडको शिक्षाको अवस्था र सुधारका विषयमा मानवअधिकार सञ्जाल समुहको तर्फबाट सुधारोन्मुख ध्यानाकर्षण पत्र नगर प्रमुख गोबिन्द कुमार पुनलाई बुझाईएको छ । सो अबशरमा नगर प्रमुख पुनले शिक्षाको सुधारका लागि सबै पक्षको रायसल्लाह, सुझावलाई मनन् गर्दै अगाडी बढ्ने बताउनुभयो ।