बालविवाह न्यूनिकरणमा न्यायिक समितिको अग्रसरता

सल्यान ९, माघ ।
सुर्खेतको सिम्ता गाउँपालिकामा रहेको न्यायिक समितिको आयोजनामा बालबिवाह न्यूनीकरण सम्बन्धि विद्यालय स्तरीय १ दिने अभिमुखिकरण अभियान शुरु भएको छ । पहिलो पटक बुधबार नेपाल राष्टिय माद्यामिक बिद्यालय बजेडा आलिबाट उद्घाटन भएको छ । नेरा माविबाट सुरु भएको सो अभियान माघ १९ गते बागेश्वरी मावि राकममा समापन हुने जनाएको छ ।


सिम्ता गाउँपालिकाका सबै मावि र आधारभुत तह कक्षा ६(१२ सम्मका छात्र छात्रालाई समावेश गरिने भएको छ । सिम्ता क्षेत्रका सबै मावि र निमाविमा कार्यक्रम लागू हुने जनाएको छ । आलिमा सम्पन्न भएको कार्यक्रममा बिध्यमान नितिनियम र बालविवाहको असरको वारेमा प्रशिक्षित गरि अब देखि कसैले पनि बाल बिवाह गर्ने छैनौं र बाल बिवाह हुनेदिने छैनौं भनी २ सय ५० जना विद्यार्थीले हस्ताक्षर गरि प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रमको सहजिकरण न्यायिक समितिका सदस्य मोहन चन्द, विन्द बहादुर अधिकारी, चन्द्र प्रकाश थापा र केवि दर्लामीले गर्नुभएको थियो भने वडा अध्यक्ष मोहन कुमार विसी, वडासदस्य खडक बुढा, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीको उत्साहजनक सहभागीता रहेको थियो । बाल विवाह न्युनिकरण सम्बन्धि कार्यक्रम सुर्य ज्योति मावि सुन्तुलामा पनि सम्पन्न भएको छ । उक्त कार्यक्रमको सहजिकरण न्ययिक समितीका सदस्य नेत्रलाल महतारा र मेलमिलापकर्ता प्रकाश शर्माले गर्नुभएको थियो भने वडा अध्यक्ष मानसिंह कामी, शिक्षक कर्मचारी र विद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस