छत्रेश्वरीका २ बिद्यालयः सेनेटरी प्याड मेसिन जडान

सल्यान ९, माघ ।
सल्यानको छत्रेश्वरी गाउपालिकाले छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरेको छ । जिल्लामा नै पहिलो पटक यस गाउपालिकाले सामुदायिक बिद्यालयहरुमा स्वचालित सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गरेकोे हो । गाउपालिकाले पहिलो चरणमा २ वटामा सामुदायिक बिद्यालयमा यस्तो खालको मेसिन जडान गरेको हो ।

भोटेचौरमा रहेको त्रिभुवन जनता माद्यामिक बिद्यालय र दमाचौरमा रहेको भानुभक्त माद्यामिक बिद्यालयमा स्वचालित प्याड मेसिन जडान गरेको गाउपालिकाले जनाएको छ । मेसिन भित्र एकपटकमा ५० सेनेटरी प्याड अटाउने छन् । मेसिनमा स्मार्टकार्ड छिराएको १० सेकेन्ड भित्रै प्याड मेसिनबाट बाहिर खस्ने छ । गाउपालिकालका अनुसार बिद्युत अबरुद्ध भएको समयमा पनि मेसिनमा ५ घन्टासम्म धान्ने पावर ब्याकअप राखिएको छ ।


त्रिभुवन जनता माद्यामिक बिद्यालयमा गाउँपालिका उपाध्यक्ष सिता केसी र कक्षा १० मा अध्ययनर छात्रा पिमा बुढाथोकीले सम्युक्त रुपमा प्याड मेसिनको उद्घाटन गर्नुभएको थियो । मेसिनमा राखिएका प्याड बिद्यालय समयभित्र जुनसुकै समयमापनी निकाल्न सकिने बिद्यालयले जनाएका छन । कक्षा ६ देखि १० सम्म प्रत्येक कक्षामा टिम लिडर सहित २ वटा समुह बनाईएको छ । छात्राहरुले टिम लिडर संग स्मार्टकार्ड लिएर प्याड निकाल्न सक्ने त्रिभुवन जनता माद्यामिक बिद्यालयका प्रधानाध्यापक जित बहादुर भन्डारीले बताउनुभयो । रु। १ लाख ९८ हजारमा २ वटा प्याड मेसिन खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस