सल्यानमा मोटरसाइकल दुर्घटनामा परी एक शिक्षकको मृत्यु

सल्यान, १५ माघ ।सल्यानमा मोटरसाईकल दुर्घटना हुदाँ एकजना मुत्यु भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित कल्लेखोलामा रा.३ प.७००० नम्बरको मोटसाइकल दुर्घटना हुदाँ दार्मा गाउँपालिका १ रानीपानी घर भएका अन्दाजी ४४ वार्षिया टेक बहादुर केसिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार अपरान्ह ४ बजे दुर्घटना परेका केसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याएको केही समय पश्चात मुत्यु भएको स्वास्थ्य कार्यलय सल्यानले जानकारी दिएको छ । केसि राष्ट्रिय माबि दार्माकोट सल्यान का शिक्षक हुनुहुन्छ । जिल्लाको श्रीनगरबाट जयचौर जादै गरेको बसलाई उछिनेर अगाडि जाने क्रममा मोटरसाईकल अनियन्त्रित हुदाँ दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान सुरु गरिएकोछ र बस चालकलाई जयचौर प्रहरीले नियन्त्रणमा लिएको प्रहरी चौकी भोटेचौरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित