सल्यान २०,माघ ।
सल्यान उद्योग बाणिज्य संघ सल्यानको रजतजयन्तीको अबसरमा जिल्ला अस्पताल सल्यानका बिरामीलाई सोमवार फलफुल बितरण गरिएको छ । आफनो रजतजयन्तीको अवसरमा सल्यान उधोग वाणिज्य संघले अस्पतालका करिब ३५ जना विरामीहरुलाई फलफूल वितरण गरिएको संघका अध्यक्ष बिर बहादुर चलाउनेले बताउनु भयो ।
अस्पतालमा उपचारका लागि आएका बिरामीहरुलाई संघले आफनो २५ औ बार्षिक उत्सबको अबसर पारेर कार्यसमितिको निर्णय अनुसार उद्योग बाणिज्यसंघ सल्यान बाट फलफुल बितरण गरिएको हो । सो क्रममा अस्पतालका प्रतिनिधि,संघका सम्पुर्ण पदाधिकारी,जिल्लाका क्रियाशिल संचारकर्मि,लगायतको सहभागिता रहेको थियो ।
संघले मंगलबार जिल्लाका बिभिन्न बजार क्षेत्रमा सरसफाईका कार्यक्रम राखेको छ भने बुधबार रजतजयन्ती मनाउन लागेको छ ।