च्युरामा बिद्यालय ब्यबस्थापन समितीको लागी २ दलको उम्मेदवारी दर्ता

दुर्गा बिसी,
सल्यान २७, माघ ।
सल्यानको पश्चिम क्षेत्रमा रहेको त्रिभुजन जनता माद्यामिक बिद्यालय शंखपिपल च्युरामा बिद्यालय ब्यबस्थापन समिती गठनमा सहमती हुन नसके पछि दलिय आधारमा चुनाव हुने भएको छ । सहमतीय अन्तीम प्रयास सफल नभए पछि नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली काँग्रेसले आ—आफ्नो प्यानल खडा गरि मनोनयन दर्ता गराएका छन् ।

विद्यालय व्यवस्थापन समितिको पदाधिकारी छनौट प्रक्रियाको मतदान भने फाल्गुण २ गतेलाई तोकिएको छ । शिक्षा आर्जन गर्ने पवित्र स्थल बिद्यालयमा दलिय चुनाव वनाउनु भनेको गैरजिम्मेवारीपना भएको अभिभावको गुनासो छ ।


बिद्यालय ब्यबस्थापन समितीको लागी नेपाल कम्युनिष्ट पार्टी नेकपा समर्थितबाट सदस्यमा तिलाराम वुढा, तजवीर विष्ट, निर्मला कुमारी वस्नेत र नेपाली काँग्रेसबाट डिलवहादुर राना, विष्णी विष्ट, लालमती वस्नेत र तेजवहादुर रावतले उम्मेदवारी दिएको नगर शिक्षा अधिकारी तथा निर्वाचन सहयोग समितिका संयोजक चक्र रावतले जानकारी दिनु भएको छ ।

स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षमा पराजित तीलाराम वुढा र डिलवहादुर रानाले दुवैले समेत उम्मेदवारी दिनुभएको छ । नेकपाबाट वुढा र नेपाली काँग्रेसबाट राना स्थानीय तहको चुनावमा बन्गाड कुपिण्डे नगरपालिका वडा नं ५ मा वडाअध्यक्षका पराजीत उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित