पार्टीको निति र बिधिमा टेकेर काम गर्न कार्यकर्तालाई ज्वालाको सुझाव

सल्यान १३, फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले पार्टीको निति र बिधिमा टेकेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको बिरुद्धमा बिभिन्न शक्तिहरु लागि परेको सन्दर्भमा पार्टीको हित हुने गरी निति र बिधिमा टेकेर काम गर्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सल्यानको बागचौर नगर कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले सरकारले सोचेअनुसार काम गर्न सकेन भन्ने कार्यकर्तामा रहेको भ्रम चिर्णका लागी पनि कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेकपाका सल्यान जिल्ला इन्चार्ज टेकबहादुर वस्नेत, सह इन्चार्ज गुलाव जङ्ग शाह, जिल्ला कमिटी अध्यक्ष गोविन्द कुमार पुन, जिल्ला कमिटी सचिव कर्ण बहादुर बुढाथोकी, प्रदेश सदस्यहरु कृति बहादुर पुन, भिम प्रकाश शर्मा, निम बहादुर केसी, लोक बहादुर डाँगी, तिलक मल्ल लगाएतको उपस्थिती रहेको थियो ।

नगर कमिटी अध्यक्ष घनश्याम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनक घर्तिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस