सल्यान १५, फागुन ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर १३ स्यानिखालमा रहेको लक्ष्मी माद्यामिक बिद्यालयको बिद्यालय ब्यबस्थापन समितीको निर्वाचनमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) समर्थित प्यानल बिजयी भएको छ । बुधबार भएको निर्वाचनमा नेपाली काँग्रेसको सर्मथनमा निर्वाचनमा होमिएको प्यानललाई पराजित गर्दै (नेकपा) समर्थित प्यानल बिजयी भएको हो ।
बिद्यालय ब्यबस्थापन समिती गठनमा अभिभावकहरु बीचमा सहमती हुन नसकेपछि २ वटा प्यानल बनाएर अभिभावकहरु निर्वाचनमा होमिएका थिए । जसमा एउटा टिमलाई नेकपा र अर्को टिमलाई नेपाली काँग्रेसले सर्मथन गरेको थियो । यस बिद्यालयमा गत पुस ११ गते नै बिद्यालय ब्यबस्थापन समिती गठनको लागी निर्वाचन कार्य तालिका सार्वजनिक गरिसकेको अबस्थामा पनि स्थगित गरिएको थियो ।
बुधबार सम्पन्न निर्वाचनमा नेकपाको सर्मथन पाएको बिक्रम रोका, टिकाराम रावत, ईन्द्रा बुढा र धनि कुमारी डाँगीको प्यानल बिजयी भएको हो । जसमा बिक्रम रोकाले १५६, टिकाराम रावतले १४५, ईन्द्रा बुढाले १४२ र धनि कुमारी डाँगीले १४६ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेसको सर्मथनबाट निर्वाचनमा होमिएका बल बहादुर भण्डारीले ५४, लालमन बिकले ६५, शिला केसीले ६३ र लिलावती बुढाथोकीले ६० मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा २ सय २१ जना अभिभावकहरुले मतदान गरेका थिए ।