कोरोना भाईरसको त्रास : अत्यावश्यक काम वाहेक सल्यानका स्वास्थ्यकर्मीले विदा नपाउने

सल्यान ४, चैत ।
कोरोना भाईरस वाट वच्न सल्यानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने भएको छ । भाईरसबाट बच्न समुदाय र विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको हो । । जिल्ला विपद ब्यवस्थापन समिति सल्यानको सोमवार सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो । साथै सवै स्वास्थ्य संस्थाका कर्मचारीलाई अत्यावश्यक वाहेक विदा नदिने निणर्य गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा वसेको वैठकले स्थानीय तहलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निणर्य गरेको हो ।


यस्तै कपुरकोटमा स्थापना भएको हेल्थ डेस्कमा आवश्यक पर्ने स्वास्थ्यकर्मी र आवश्यक समाग्रीका लागि ब्यवस्था गर्न कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निणर्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस