सल्यानको कपुरकोटमा ६ दिनमा ९ हजारको स्वास्थ्य परिक्षण : कोरोनाको लक्षण देखिएन

सल्यान ६, चैत्र ।
सल्यानको कपुरकोटमा ९ हजार बढीको स्वास्थ्य परिक्षण गरिएको छ । कर्णाली प्रदेशको प्रवेशद्वार कपुरकोटमा गत चैत्र १ गते देखि शुरु भएको हेल्थ डेस्कमा विहिबार दिउँसो सम्म ९ हजार ७ सय ८५ जनाको स्वास्थ्य परीक्षण गरिएको हो । कोरोना भाइरसबाट जोगिन र रोगीको पहिचान गर्न भन्दै कर्णाली प्रदेश सरकार र कपुरकोट गाउँपालिकाको समन्वयमा हेल्थ डेस्क स्थापना गरिएको छ ।


६ दिनको अवधिमा नाकाबाट प्रदेश भित्रने एक हजार ७ सय ५२ यातायातका साधन रोकेर ६ हजार ७ सय ४५ पुरुष र ३ हजार ४० जना महिलाको जाँच गरिएको डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेनले जानकारी दिुनभयो । हाल सम्म कुनै पनि कोरोना संग सम्बन्धीत लक्षण फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

भारत लगाएत विभिन्न देशबाट फर्किएका नेपालीहरु कपुरकोट नाका भएर कर्णाली प्रदेश सल्यान सहित रुकुम, जाजारकोट लगाएतका जिल्लामा भित्रने भएकाले उच्च सतर्कता अपनाइएको कपुरकोट गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस