सल्यान ७, चैत ।
कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । एक सय ७९ देश र एउटा पानी जहाजमा फैलिएको कोरोनाका कारण अहिलेसम्म १० हजार ४१ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
झण्डै दुई लाख ४५ हजार ३३ जना सङ्क्रमित भएकोमा ८८ हजार एक सय ५१ जना उपचारपछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । कोरोनाको सङ्क्रमण सुरु भएको चीनमा भन्दा इटलीमा ज्यान गुमाउनेको सङ्ख्या धेरै पुगेको छ ।
बिश्वभर कोरोनाको त्रास फैलिदैँ गएको बेलामा नेपालमा यसबाट बच्न सावधानी अपनाउन थालिएको छ । आम नागरिकमा कोरोना भाइरसको संन्त्रास फैलिदैँ गएको बेला कुनै पनि प्रकारका सभा, सम्मेलन, भेला, भोजभतेर, विवाह, ब्रतबन्ध, पूजापाठ, ठूला बैठक लगायतका भिडभाड हुने कार्यक्रमहरु नगर्न सरकारले आग्रह गर्दै आएको छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानले अति आबश्यक परेमा मात्रै अस्पतालमा जान सुझाव दिएको छ । बिरामी पुग्ने ठाउँ अस्पताल भएकाले कोरोना भाइरस पनि अस्पतालमै हुने र अस्पतालमै फैलिने सम्भावना बढी हुने हुदाँ अतिआबश्यक परेको सन्दर्भमा मात्रै अस्पताल जान सुझाव दिएको हो । जिल्लाका सबै स्थानिय तहले यस सन्बन्धी बिभिन्न अभियान समेत सञ्चालन गरेका छन् ।
यसै सन्दर्भमा सल्यान टुडेले स्वास्थ्य कार्यालय सल्यानका डाक्टर प्रदिप शर्मा सँग कुराकानी गरेको छ । शर्मालाई शुरुमा सल्यानमा कोरोना भाईरसबाट बच्न के तयारी भैरहेको छ भनेर सोधेका छौँ ।
अडियो सुन्नुहोस ।