उद्योग बाणिज्य संघ सल्यानद्धारा प्रत्येक स्थानिय तहलाई १५ हजारका दरले राहत रकम

सल्यान १४, बैशाख ।
उद्योग वाणिज्य संघ सल्यानले सल्यानका सबै स्थानिय तहलाई राहत प्रदान गर्न शुरु गरेको छ । जिल्लाका दश वटै स्थानीय तहलाई कोरोना संक्रमण रोकथामका लागि आर्थिक सहायता उपलब्ध गराउन शुरु गरिएको वाणिज्य संघले जनाएको छ । कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सहयोग गु¥याउने उद्देशयले एक स्थानीय तहलाई १५ हजार रुपैयाँको दरले आर्थिक सहायता उपलब्ध गराउन शुरु गरिएको उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले बताए ।

जिल्लामा तीन नगरपालिका र सात गाउपालिका गरेर दश वटा स्थानिय तह छन् । ती सबै स्थानिय तहमा १५ हजारका दरले आर्थिक सहायता उपलब्ध गराउन शुरु गरिएको उनको भनाई छ । शनीवार देखी जिल्लामा राहत स्वरुप रकम उपलब्ध गराउन थालिएको छ । कोरोना संक्रमण रोकथामका लागि स्थानीय सरकारले चालेका कदमहरु प्रभावकारी रहेको जनाउँदै कोरोना विरुद्ध एक हुनका लागि सानो सहयोग गरिएको उनले बताए ।


सहयोग रकम बुझ्दै कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले विपद्को समयमा सबैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिदै गाउँपालिकाले कुनै पनि आर्थिक वा वस्तुगत राहत ग्रहण गरेर वास्तविक पिडित समक्ष पु¥याइने बताए । शनीवार र आइतवार गरेर सबै स्थानिय तहमा राहत उपलब्ध गराउने संघको लक्ष्य छ । शनीवार कपुरकोट, त्रिबेणी, छत्रेश्वरी, सिद्धकुमाख, बागचौर लगाएतका स्थानिय तहलाई रकम उपलब्ध गराएको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा संघका महासचिव भरत कुमार वस्नेत, वरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकी, वाणिज्य उपाध्यक्ष दिपक वोहोरा, सदस्य कमल घर्ती, कपुरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक बुढा लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस