सल्यान १९, बैशाख ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का बिभिन्न कमिटीहरु राहत संकलनमा जुटेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीका कारण दैनिकी चलाउन समस्या भएका परिवारको लागी राहत संकलन गर्न थालेका हुन् । यसैक्रममा नेकपा सुर्खेत सिम्ता गाउँपालिका वडा नम्वर ७ ले ३७ कठ्ठा चामल, ३५ लिटर तेल र नुन ३५ केजी सिम्ता गाउपालिका वडा नम्बर ७ वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
नेकपाको वडा कमिटीले राहत सामाग्री हस्तान्तरण गरे लगत्तै वडा कार्यलयले उक्त खाद्यान्न वितरण गरेको जनाएको छ । खाद्यान्न सबैबाट स्वच्छिक संकलन गरिएको र बाँकी रकमबाट गरि खरिद गरिएको तथा सरकारको नियम अनुसार राहत वितरण एकद्वार प्रणाली अनुसार गरिने भएकोले वडा कार्यालयलाई राहत सामग्री हस्तान्तरण गरिएको चन्द्र प्रकाश थापाले जानकारी दिनुभएको छ ।
चुलो बल्ल समस्या भएको घर परिवारले खाद्यान्न पाए पछि खुसि हुदै घर फर्केका थिए । काप्रीचौर की स्थानिय राधिका परियारले राहत पाएपछि खुसी हुदैँ राहत प्रदान गर्ने सहयोगी निकायलाई धन्यवाद दिनुभयो । यस्तै केही दिन अघि वडा नम्वर ४ र ६ ले पनि राहत वितरण गरेका थिए ।