सल्यान १२, जेष्ठ ।
गाउपालिका अध्यक्षको ठाडो आदेशमा बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको भन्दै सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर १ दमाचौरमा रहेको भानुभक्त माद्यामिक बिद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षा ऐन २०२८ र नियमावली २०५९ अनुसार अभिभावक भेलाबाट बिद्यालय ब्यबस्थापन समिती गठन गर्नुपर्ने प्राबधान हुदाँ पनि गाउपालिका अध्यक्षको ठाडो आदेशमा अस्थायी बिद्यालय ब्यबस्थापन समिती गठन गरिएको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सम्बद्ध अभिभावकहरुले बिद्यालयमा तालाबन्दी गरेका हुन् ।
साथै अभिभावकहरुको इच्छा र चाहाना अनुसार अभिभावक भेलाबाट बिद्यालय ब्यबस्थापन समिती गठन गर्न नेकपा छत्रेश्वरी गाउपालिका वडा नम्बर १ का सचिब लेख बहादुर चन्दद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । साथै आमअभिभावकको जिम्मेवारी स्थापित गर्दै बिधिको शासनको पूर्ण प्रत्याभूति नहुदाँ सम्मको लागी तालाबन्दी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । गत जेष्ठ ६ गते छत्रेश्वरी गाउँपालिकाको शिक्षा शाखाले अध्यक्षमा प्रकाश हमाल र अन्य ५ जनालाइ सदस्यमा तोकेर अस्थायी विव्यस बनाएको थियो ।