नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य केसी नेकपामा प्रवेश

सल्यान २८, जेष्ठ ।
सल्यानमा नेपाली काँग्रेसबाट निर्वाचित एक वडासदस्य नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । जिल्लाको त्रिबेणी गाउपालिका वडा नम्बर ३ का वडासदस्य गोबिन्द केसी नेकपामा प्रवेश गर्नुभएको हो । उहाँ २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडासदस्य पदमा निर्वाचित हुनुभएको थियो ।

मंगलवार एक प्रेस बिज्ञप्ती जारी गर्दै उहाँले नेपाली काँग्रेस परित्याग गरेर नेकपामा प्रवेश गरेको घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसले गरेका गतिबिधि जनहितमा नभई ब्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले पार्टी परित्याग गरेको उहाँको भनाई छ ।


‘केही दशक देखी नेपाली काँग्रेसको बिभिन्न कमिटी देखी लिएर स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट त्रिबेणी गाउपालिका वडा नम्बर ३ मा वडासदस्यमा निर्वाचित भई जनहितमा केही कार्य गर्ने हेतुले त्यो पदसम्म पुग्दा काँग्रेस देश बिकास भन्दा पनि ब्यक्तिगत स्वार्थमा केन्द्रित भएकाले पार्टी परित्याग गरेको हु’ जारी प्रेश बिज्ञप्तीमा भनिएको छ ।

बिज्ञप्तीमा भनिएको छ ‘आफ्नो निजि स्वार्थ र शोषक सामन्ती शैलीमा भएका कार्यहरुमा मलाई स्वीकार्य छैन् ।’ साथै देश बिकासको अग्रपंक्तिमा रहेको, देश र जनताको हितमा काम गर्ने पार्टी नेकपा भएकाले नेकपामा प्रवेश गरेको उहाँको भनाई छ । यससँगै स्थानिय बालाराम थापा र कुल बहादुर रेउलेले पनि नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको यूवा संघ त्रिबेणीका डिल्लीराज खड्काले जानकारी दिनुभयो ।

हेर्नुहोस बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस