सल्यान १३ आषाढ ।
सल्यानको काभ्राका १ सय ३० घरधुरी बिद्युक्तको पहुँचमा पुगेका छन् । बर्षौ देखी अन्धकारमा बस्दै आएका त्रिबेणी गाउपालिका वडा नम्बर १ स्याला, कोलचौर र गोगनेका नागरिकहरु पहिलो पटक बिद्युक्तको पहुँचमा पुगेका हुन् । संघिय सरकारको वजेटमा गाँउसम्म बिद्युक्त पुगेपछि स्थानिय खुसी भएका छन् ।
करिब ८० लाख रुपैँयाको वजेटवाट तीन वटा गाँउमा बिद्युक्तिकरण गरिएको त्रिबेणी गाउपालिका वडा नम्बर १ का वडाअध्यक्ष छविलाल खत्रीले जानकारी दिनुभयो । उहाँले बर्षौ देखी घर घरमा बिजुली बत्ती बाल्ने नागरिकको सपना अहिले साकार भएको बताउनुभएको छ । गाउँमा बिद्युक्त पुगेपछि अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको भन्दै स्थानिय नागरिक खुसी भएका छन् ।