‘कृषकको उत्पादनलाई त्रिबेणी गाउँपालिकाको साँढे ५ लाख अनुदान’

सल्यान १८, आषाढ ।
सल्यानको त्रिबेणी गाउँपालिकाले कृषकको उत्पादनमा साँढे ५ लाख रुपैँया अनुदान दिएको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत ८२ जना कृषकको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैया अनुदान दिएको हो ।

कार्यक्रममा दूध उत्पादन तर्फ २३ जनालाई २ लाख ५६ हजार २ सय ९५ रुपैया, खसी बोका उत्पादन तर्फ ५७ जनालाई २ लाख ३९ हजार ९ सय रुपैया, अण्डा उत्पादन तर्फ २ जनालाई ६६ हजार ७ सय ६२ रुपैया अनुदान रकम बितरण गरेको छ ।

जसमध्ये दूध उत्पादन तर्फ कृष्ण कुमार रेउलेले सबै भन्दा बढी दश हजार ७ सय १७ लि. दूध उत्पादन गरि रु ५३ हजार ५ सय ८५ रुपैया, खसी बोका उत्पादन तर्फ खोपिराम भण्डारीले ६० खसी बोका उत्पादन गरि रु तिस हजार रुपैया र अन्डा उत्पादन तर्फ दिपमाला तुलाधरले एक लाख १९ हजार अन्डा उत्पादन गरि ५९ हजार ६ सय ६५ रुपैया अनुदान प्राप्त गरेका छन् ।

अनुदान बितरण कार्याक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, ३ नम्बर वडाअध्यक्ष हुकुम प्रसाद महतारा, ४ नम्बर वडाअध्यक्ष छबिराज शर्मा, ६ नम्बर वडा अध्यक्ष मान बहादुर ओलि उपस्थीति रहेको कार्यक्रमको संचालन पशु शाखा प्रमुख वसन्त रावतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस