एथ्लेटिक्सका सहायक प्रशिक्षक राईको निधन

 

सल्यान २०, साउन ।
एथ्लेटिक्सका सहायक प्रशिक्षक रबिन कुमार राईको निधन भएको छ । ‘ब्रेन ट्युमर’ रोग सँगै क्यान्सर रोगबाट थलिएका उहाँको सोमवार साँझ ८ वजे तीर भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार क्रममा निधन भएको परिवारले जनाएको छ । सल्यानको शारदा नगरपालिका २ खलंगा स्थायी घर भएका राईले २०५२ सालदेखि सहायक प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएको थियो ।


२०५२ साल देखी ९ बर्ष दैलेखमा खेलक्षेत्रमा समय बिताउनुभएका राईले २०६१ साल पश्चात सल्यानमा नै रहेर खेलक्षेत्रमा काम गरिरहनुभएको थियो । मोफसलमा रहेर एथ्लेटिक्सका खेलाडी उत्पादनमा राईले महत्वपूर्ण योगदान पु¥याएको जिल्ला खेलकुद बिकास कार्यालय सल्यानका प्रमुख शिवराज अधिकारी बताउनुभयो । २०२८ साल फागुनमा जन्मिएका राईको ४९ बर्षको उमेरमा निधन भएको हो । उहाँको आज बिहान पशुपती आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस