सल्यानको त्रिबेणीमा नेकपाको पार्टी कार्यालय स्थापना

सल्यान ३१, साउन ।

सल्यानको त्रिवेणी गाउँपालिकामा नेकपाको पार्टी कार्यालय स्थापना गरिएको छ । नेकपा त्रिवेणी गाउ कमिटी सल्यानको पार्टी कार्यालय नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेक बहादुर बस्नेत र नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला सहइन्चार्ज गुलावजंग शाहद्वारा संयुक्त रूपमा उद्घाटन गरिएकोहो । साथै नेकपा गाउँ कमिटीको दोस्रो बैठक त्रिवेणी गाउँपालिका ६ लुहाममा सम्पन्न भएको छ ।

नेकपा त्रिवेणी गाउंँ कमिटीका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा बस्नेत, विशिष्ट अतिथिमा शाह सँगै प्रदेश कमिटी सदस्य हरी केसी, जिल्ला कमिटी सदस्य तथा नेकपा छत्रेश्वरी गाउ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकी, गिर्दल बोहरा, भिउसेन नेपाली, बुद्धि केसी लगाएतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता बस्नेतले नेकपा भनेको निति विधिमा रहने भएकोले सबै नेता तथा कार्यकर्तालाई अनुशासनमा बस्न आग्रह गर्नु भएको छ कम्युनिष्ट पार्टीमा सबै मान्छेले टिक्न सक्दैन भन्दै उहाँले नेकपामा श्रमजिवि, प्रगतिशिल, मेहनती र जनहितकारी जस्ता गुण भएका मान्छेको भण्डारण रहेको बताउनुभयो ।

कार्यक्रममा वोल्दै विशिष्ट अतिथि शाहले नेकपाका सम्पूर्ण कमिटी पुर्णता नहुनुमा कोभिड(१९ को कारण पनि रहेको बताउनु भएको छ । यस्तै मिडियामा आय जसरी पार्टी फुट्न लागेको भन्ने जिज्ञासालाई खण्ड गर्दै त्यस्तो नभएको, पार्टीमा केही प्राविधिक बाधा भयता पनि फुटको संगारमा नगएको बताउनुभएको थियो ।
कार्यक्रमको सञ्चालन नेकपा त्रिवेणी गाउ कमिटी सचिव अजय रोकाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस