नेकपा छत्रेश्वरी र त्रिबेणी : संगठन बिस्तारमा सक्रिय

सल्यान २४, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सल्यानका बिभिन्न स्थानिय तहहरुमा आफ्नो संगठन बिस्तारलाई तिव्रता दिएको छ । जनभावनाको कदर गर्दै आम कार्यकर्ताहरुलाई एकताबद्ध गरी पार्टीलाई बलियो बनाउन नेकपाले वडा देखी लिएर अहिले टोल टोलमा कमिटी गठन तथा प्रशिक्षण दिन थालेको छ ।

यसैक्रममा नेकपा छत्रेश्वरी गाउ कमिटी र त्रिबेणी गाउ कमिटी सक्रिय भएर लागेका छन् । अहिले छत्रेश्वरी र त्रिबेणीका बिभिन्न वडा कमिटीहरुले टोल टोलमा संगठन बिस्तार गरिरहेका छन् । यसैक्रममा नेकपा छत्रेश्वरी गाउपालिका वडा नम्बर ३ कमिटीले पनि पार्टी संगठनलाई टोल टोलमा बिस्तार गरिरहेको छ । छत्रेश्वरी गाउपालिका वडा नम्बर ३ झिम्पे, सानानचौर, सिगारिकोट अन्तर्गत टोल नम्बर ३ मा लाल वहादुर खत्री अध्यक्ष र मोहन लाल घर्ती सचिव रहेको १९ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को टोल कमिटी गठन गरिएको छ ।

त्यसै रुपलाल गिरी संयोजक र मित्रलाल योगी सहसंयोजक रहेको २७ सदस्यीय राष्ट्रिय युवा संघ नेपालको टोल कमिटी पनि गठन गरिएको छ । कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य हरी केसी, गाउ कमिटी अध्यक्ष ओज बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्य ज्ञान बहादुर खड्का, हिमाल यात्री लगाएको सहभागिता रहेको थियो ।

यस्तै नेकपा त्रिबेणी गाउ कमिटीले पनि मंगलबार मात्रै वडा नम्वर १ को वलीटोल र माथिल्नो काभ्रा टोलमा टोल कमिटी गठन गरेको छ । जसको इन्चार्ज धपेन्द्र परियार रहनु भएको छ भने सह इन्चार्जमा पुस्पा वली थापालाई चयन गरिएको छ ।

उक्त टोलमा राजकुमार बिकको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । कार्यक्रममा नेकपा त्रीबेणी गाउ कमिटीका अध्यक्ष लोकेन्द्र सिंह खड्का, सचिव अजय रोका, राजेन्द्र कुमार थापा लगाएको उपस्थिती रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस