सल्यानमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सहित २० जनामा कोरोना पुष्टि

त्रिबेणी गाउपालिकाको कार्यालय, सबै वडा कार्यालय र लुहाम वजार सिल

सल्यान १३, असोज ।
सल्यानका थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागी सुर्खेत पठाएकोमा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा छत्रेश्वरी गाउपालिकाका १५ जना र त्रिबेणी गाउपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानका एक जना स्वास्थ्यकर्मी र शारदा नगरपालिका १२ का एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल प्रसन रिखाराम पुनले जानकारी दिनुभयो । यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या३ सय ९८ पुगेको छ ।

जस अन्र्तगत छत्रेश्वरी गाउपालिकाका ४ जना कर्मचारी, २ जना स्थानिय र ९ जना क्वारेन्टाइनमा बसेकाहरुलाई संक्रमण पुष्टि भएको छत्रेश्वरी गाउपालिकाका स्वास्थ्य संयोजक केशरी देवी भट्टराइले जानकारी दिनुभयो । ४३ जनाको स्वाव संकलन परी पिसिआर परिक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।

यस्तै त्रिबेणी गाउपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा १ जना जनप्रतिनिधि, १ जना कर्मचारी र १ जना स्थानियमा संक्रमण पुष्टि भएको त्रिबेणी गाउपालिकाका स्वास्थ्य संयोजक प्रभात कुमार श्रेष्ठले जानकारी दिनुभयो । १६ जनाको पिसिआर परिक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यसैबिच सल्यानको त्रिबेणी गाउपालिकाका बिभिन्न क्षेत्रहरु सिल गरिएको छ । गाउपालिकाको कार्यालय, वडा कार्यालय र लुहाम वजार आसपासको क्षेत्र सिल गरिएको गाउपालिकाले जनाएको छ । आज बेलुका ५ वजेदेखी आउदोँ २० गते राती १२ बजेसम्म ७ दिनलाई सिल गरिएको त्रिबेणी गाउपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस