नेकपा कि नेतृ केसीद्धारा खेलकुदका सामाग्री हस्तान्तरण

सल्यान १६, कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि नेतृ तथा प्रदेश परिषद सदस्य एवम् समाजसेवी बुद्धा केसीले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको छ । शनीवार राष्ट्रिय युवा संघ नेपाल, सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर १ दमाचौरलाई उहाँले खेलकुदका सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो ।
युवा संघ दमाचौरका संयोजक दिपक मल्लको अध्यक्षतामा भएको सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै केसीले खेलकुदले युवाहरुलाई एकजुट हुन मद्धत मिल्ने बताउनुभएको छ । खेलकुद स्वास्थ्यका लागी पनि लाभदायी हुने बताउदैँ उहाँले खेल सँगै यसले युवाहरुमा भेटघाट हुने र एकताबद्ध भएर हिड्न टेवा पुग्ने बताउनुभयो ।


कार्यक्रममा नेकपा प्रदेश परिषद सदस्य टोप बहादुर चन्द, छत्रेश्वरी गाउ कमिटी सदस्यहरु रेशम कुमार अधिकारी, सुरेन्द्र चन्द, लेख बहादुर चन्द, होमराज मल्ल, हिरा चन्द लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन डम्बर बिकले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस