दुर्गा बिसी,
सल्यान ३, पुस ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा मुख्यमन्त्री रोजगार कार्यक्रमको लागि ५ करोड २३ लाख ९२ हजार प्राप्त भएको छ । केही समय अघि बनगाड कुपिण्डेमा रोजगारीको लागि वजेट कम आएको भनेर नगरलाइ स्थानीयले आलोचना समेत गरेका थिए । अहिले नगरमा रोजगारी सिजर्नका गर्नका लागी राम्रो वजेट प्राप्त भएको नगरले जनाएको छ ।
सरकारी कार्यविधि अनुरुप अब कामकाज अघि वढ्ने रोजगार संयोजक भिम पुनले जानकारी दिनुभयो । पछिल्लो पटक सबै भन्दा वढी बनगाड कुपिण्डमा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम मार्फत वजेट भित्रीएको छ । वडाका १२ वटै वडाहरुमा यो कार्यक्रम लागू हुने जनाएको छ । सबै भन्दा वढि वजेट १ नं वडामा ५० लाख आएको छ भने कम १२ नं वडामा ३९ लाख आएको छ ।
विकासमा सामानुपातिक रुपमा वजेट कार्यन्वयन हुने र वेरोजगारले काम पाउने नगर प्रमुख गोविन्द कुमार पुनको भनाइ छ । महामारीको समयमा कामकाज विहिन नगरका नागरिकहरुका लागि पहिले नै वेरोजगार डाटा पठाएको तेहि अनुरुप वजेट कार्यन्वयन हुने गरि वजेट आएको उहाँले जानकारी दिनुभयो ।
घरघरमा रोजगारि भन्ने मुल मन्त्रलाई स्थापित गर्दै कोहि पनि कामको खोजिमा नभौतारिउन भन्ने हाम्रो सिद्धान्त हो, कति सकिन्छ सकभर सबैलाई यो कार्यमा समाहित गर्ने नगरको मुल उद्धेश्य रहेको छ नगर प्रमुख पुनले भन्नुभयो । यो कार्यक्रम यहि पौष १५ बाट कार्यन्वयन प्रक्रियामा जाने समेत वताएको छ ।