मान्छेमा नयाँ सिर्जना गर्ने बानी हराउँदै गएको छ : शाह

केहि कथा, केही कविता पुस्तक लोकार्पण

सल्यान ८, फाल्गुन ।
कर्णाली प्रदेशसभा सदस्य गुलावजंग शाहले पछिल्लो समय मान्छेमा रचना गर्ने बानी हराउँदै गएको बताउनुभएको छ । प्रविधिको विकास संगै मान्छेमा सिर्जना र रचना गर्ने बानी हराउँदै गएको र मान्छेहरु अल्छि बन्दै गएको उहाँले बताउनुभएको हो । शनिबार सल्यानको खलंगामा लेखक तथा साहित्यकार गणेशमान सिंहद्वारा लिखित केहि कथा, केही कविता पुस्तक लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रविधि र अल्छिपनाका कारण मान्छेमा सिर्जना गर्ने बानी हराउँदै गएको बताउनुभएको हो ।

यस्तै पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले सिर्जना नभएको मान्छे कोहि नहुने बताउनुभयो । मान्छेको रुचि र वातावरण अनुकूल हुँदा नै साहित्यमा कलम चलाउने गरेको भन्दै उहाँले लेखन कार्यमा निरन्तरता दिनुपर्ने बताउनुभयो । यस्तै पुर्व सांसद नेत्र लाल श्रेष्ठले साहित्यले समाज परिवर्तनको मेरुदण्डको रूपमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट, नेकपाका नेता लोक बहादुर डाँगी, नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा लगाएतकाले बोल्नुभएको थियो ।

यस्तै बिर बहादुर सेजवालले पुस्तक माथी टिप्पणी गर्नुभएको थियो । लेखक गणेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भुम प्रकाश भण्डारीले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस