कोरोनाका कारण नेपाली काँग्रेसका वडा सभापति कवरको निधन

सल्यान ११, जेठ ।
सल्यानमा कोरोना संक्रमणका कारण नेपाली काँग्रेसका वडा सभापतिको निधन भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडासभापति लेखपोखरा, लेखढोरेनी निवासी ३६ बर्षिय गणेश कवरको मंगलवार निधन भएको हो ।

जेठ ६ गते लेखपोखराको पाखापानीमा गरिएको एन्टिजेन परिक्षणका क्रममा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेसन भोटेचौरमा उपचाररत उहाँको स्वास्थ्यमा थप समस्या भएपछि जिल्ला अस्पताल सल्यान हुदैँ नेपालगन्ज रिफर गरिएको थियो ।

कवरको नेपालगन्जमा उपचारको क्रममा निधन भएको नेपाल ट्रेड युनियन काँग्रेस युवा समिती सल्यानका अध्यक्ष जुद्ध बहादुर खत्रीले जानकारी दिनुभयो । कवरका एक श्रीमती र दुई छोरा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस