पर्खनुहोस् दरिद्रहरूको पनि शुभ बार आउँछ !

--गजल--

पर्खनुहोस् दरिद्रहरूको पनि शुभ बार आउँछ !
उजाड त्यो शिशिरपछि वसन्तको बहार आउँछ !

सरकार निमुखाहरुले छैनन् अक्सिजन पाएका,
सङ्क्रमितको गणना गर्न मात्र समाचार आउँछ !

उस्तै हैसियत र समान पदका मानव नै हौँ हामी,
तर उहाँमा आफू नै ठूलो भन्ने अहङ्कार आउँछ !

महङ्गी र कालोबजारी त बढेकै छ यो महामारीमा,
विद्यार्थीलाई ऋण, कर्मचारीलाई दुई हजार आउँछ !

म सादा खाना र झुत्रो भोटोले जिन्दगी गुजार्दै छु,
कान्छी भन्छे हाम्रो कहिले रङ्गीन संसार आउँछ !

0000

सल्यानको कपुरकोट गाउँपालिका ५ रिम घरका लेखक घर्ती महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटामा अध्यापनरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित