छत्रेश्वरी गाउँपालिकाद्धारा ४५ करोड बढी बजेट सार्वजनिक

सल्यान १७, असार ।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले ४५ करोड बढीको बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभाबाट गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ का लागी ४५ करोड ४२ लाख १२ हजार ३ सय ४२ रुपैयाँको बजेट सार्वजनिक गरेको हो । जसमा संघिय सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान ९ करोड ७६ लाख, शसर्त अनुदान १९ करोड ३१ लाख, शसर्त अनुदान पुँजिगत ७२ लाख, राजस्व बाँडफाँड संघीय सरकार ७ करोड ३४ लाख ४९ हजार रहेको छ ।

यस्तै प्रदेश सरकारबाट प्राप्त बित्तीय समानिकरण अनुदान १ करोड ४२ हजार, राजस्व बाडफाड ६ लाख २१ हजार ३ सय ४२, सशर्त अनुदान १ करोड १२ लाख १३ हजार, विशेष अनुदान ३० लाख, समपुरक अनुदान १ करोड २० लाख, गत आर्थिक बर्षको बचत ४ करोड १० लाख, र आन्तरिक आम्दानी ५० लाख रहेको उल्लेख गरिएको छ । गाउँपालिकाले स्वास्थ्य र पुराना कार्यक्रमलाई निरन्तरता दिनेगरि बजेट ल्याएको बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित