स्वास्थ्य सेवा कार्यालय सल्यानमा डिजिटल नागरिक वडापत्र

सल्यान २४, असार ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा डिजिटल नागरिक वडापत्र जडान गरिएको छ । बिभिन्न सेवा लिनको लागि कार्यालयमा आउने सेवाग्राहीको सहजताको लागि र कार्यालयबाट प्रदान गरिने सेवाका बारेमा जानकारी दिने उद्धेश्यले डिजिटल नागरिक वडापत्र जडान गरिएको हो । सेवाग्राहीको सहजताको लागि डिजिटल नागरिक वडापत्र सुरु गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयको कामलाई छिटो छरितो बनाउने उद्धेश्यले डिजिटल नागरिक वडापत्र मार्फत जानकारी दिने काम सुरु गरेको सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । स्वास्थ्य सेवा कार्यालयबाट प्रदान गरिने सेवाका साथै जिल्ला अस्पताल सल्यानबाट प्रदान गरिने सेवा, त्यस वाफतको सेवा शुल्क लगाएतका बिबिध बिषयहरु समाबेश गरेर वडापत्र तयार गरिएको हो ।

उहाँले भन्नुभयो ‘सेवाग्राहीलाई डिजिटल नागरिक वडापत्र मार्फत सेवा प्रवाहको बारेमा तुरुन्तै जानकारी दिने काम सुरु भएको छ ।’ उहाँले अहिले नागरिक वडापत्र अपडेट भैरहेको बताउदैँ साउन १ गते देखी थप व्यवस्थित गरिने जानकारी दिनुभयो । डिजिटल नागरिक वडा पत्रमा अडियो भिडियो मार्फत जानकारीहरु पाउन सकिन्छ । सेवाग्राहीलाई कामको लागि सजिलो छिटो छरितोका लागि अझ थप जानकारी थपिदै लगिने कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित