कोरोनाका कारण लेखपोखराका एक पुरुषको मृत्यु

सल्यान ६, साउन ।
सल्यानमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउपालिका वडा नम्बर ५ लेखपोखराका ८१ बर्षिय पुरुषको बुधबार दिउसोँ मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । केही दिनअघि उपचारको लागि जिल्ला अस्पताल सल्यानमा आएका उनको एन्टिजेन परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत वा नेपालगन्ज लैजानुपर्ने भएपनि उनका घरपरिवारले भने घर लैजादैँ गर्दा बिच बाटोमा नै मृत्यु भएको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

यसैविच सल्यानका ८ जनाको एन्टिजेन परिक्षण गर्दा थप १ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । अहिले जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ७९ रहेको छ । यस्तै थप ४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । हाल जिल्ला अस्पतालमा ५ जना, संस्थागत आइसोलेसनमा ३ जना र होमआइसोलेसनमा ७१ जना संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस