त्रिबेणी गाउपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

सल्यान २८, साउन ।
सल्यानको त्रिबेणी गाउपालिकाको बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहीवार त्रिबेणी गाउपालिकाको लुहाममा एक कार्यक्रमका बिच गाउपालिकाको गत आर्थिक बर्ष २०७७।०७८ मा भएको बार्षिक प्रगति तथा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । जसअनुसार गाउँपालिकाले गत आर्थिक बर्ष २०७७।०७८ मा ६७ दशमलव ९४ प्रतिशत वजेट खर्च गरेको छ ।

जसमा चालु तर्फ ८४ दशमलव ०१ प्रतिशत र पुँजीगत तर्फ ४५ दशमलव ८२ प्रतिशत रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुनले जानकारी दिनुभयो । यस्तै गाउपालिका भित्रका सबै वडाहरुको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो । जसमा त्रिबेणी गाउपालिका वडा नम्बर १ ले ९७ दशमलव ३७ प्रतिशत, वडा नम्बर २ ले ७७ दशमलव ५४ प्रतिशत, वडा नम्बर ३ ले ९५ दशमलव ७० प्रतिशत प्रगति हासिल गरेका छन् ।

यस्तै वडा नम्बर ४ ले ९७ दशमलव ३१ प्रतिशत, वडा नम्बर ५ ले ९६ दशमलव ६२ प्रतिशत र वडा नम्बर ६ ले ६६ दशमलव ९३ प्रतिशत प्रगति हासिल गरेका हुन् । यस्तै गाउपालिका अन्र्तगत रहेका शाखागत कार्यालयहरुले पनि प्रगति विवरण सार्वजनिक गरेका छन् । जसमा शिक्षा शाखाले ८१ दशमलव ७० प्रतिशत, स्वास्थ्य शाखाले ७० दशमलव ३६ प्रतिशत, कृषि शाखाले ७८ दशमलव ५३ प्रतिशत र पशु शाखाले ९४ दशमलव ४८ प्रतिशत प्रगति हाशिल गरेको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

गाउपालिकाका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै उहाँले छिटो, छरितो, गुणस्तरीय र परिणाममुखी काम गर्न सबैलाई निर्देशन दिनुभएको छ । उहाँले आर्थिक बर्षको अन्त्यमा बजेट खर्च गरिने परिपाटीको अन्त्य गर्नको लागि बर्खा सकिन बित्तिकै कामको थालनी गर्न निर्देशन दिनुभयो । यसका लागि आवश्यक तयारी गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत बसुन्धरा पुन, सबै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा बिषयगत शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस