नेपाली आधुनिक गजल अभियानका लागि सल्यानमा ८२ सदस्यीय तदर्थ समिती गठन

सल्यान ८, भदौँ ।
सल्यानमा नेपाली आधुनिक गजल अभियानका लागि ८२ सदस्यीय तदर्थ समिती गठन गरिएको छ । नेपाली गजलको उन्नयनका लागि जिल्लाका गजलस्रष्टाहरुको सहभागिता रहने गरि ८२ सदस्यीय तदर्थ समिती गठन गरिएको सल्यान कला साहित्य परिषद्का अध्यक्ष भरत रोकाय ’एक्सन’ ले सल्यान टुडेलाई जानकारी दिनुभयो ।

सयौं अग्रज, सयौं सर्जक, सयौं श्रष्टाको एउटै तनमन, नेपाली गजलको एक्यवद्धतामा सल्यानको समर्थन भन्ने नाराका साथ समिती गठन गरिएको उहाँको भनाई छ । तदर्थ समितिको संयोजकमा पुरन वियोग र सहसंयोजकमा महेश लामिछाने चयन हुनुभएको छ ।

यस्तै सल्लाहकारहरु महेश जि चन्द, खुम ’विवश’, एलिसा डिसी, खडग शाही, चित्र देवकोटा, भुमप्रकाश भण्डारी, इन्द्रा बस्नेत, निम बुढा, जीवन जलन, शान्ता विसी, सुनिल राना बिरही, भरत रोकाय र लोकेश जलन रहनुभएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस