दुर्गा विसी,
सल्यान २१, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बन्गाड कुपिण्डे नगरपालिका स्तरीय भेला भदौँ ३० गते हुने भएको छ । नगरपालिकाको मुकाम सल्लीवजारमा हुने भेलाको तयारी स्वरुप सोमबार नगरका अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । भेलालाई संम्बोदन गर्न पार्टीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला आउने कार्यक्रम तय भएको छ ।
पार्टीका नगर संयोजक रविराज शर्माको अध्यक्षतामा सम्पन्न प्राराम्भिक भेलामा प्रदेश कमिटी सदस्य गणेश विसी, जिल्ला कमिटी सदस्यहरु टोपवहादुर विष्ट, अतिराम नेपाली, शान्त कुमार यरी, घनवहादुर पुन, विजय नेपाली, तुङ्ग विसी, पुष्कर विसी, टेकेन्द्र विसी, हरिहर कुवँर लगाएतका नेताहरुको उपस्थिति रहेको थियोे ।
पार्टीको नगर स्तरीय भेलालाई वृहत् वनाउने लक्ष्य सहित प्रारम्भिक भेला आयोजना गरिएको प्रदेश कमिटी सदस्य विसिले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण दोर्ण यरीले गर्नुभएको थियो ।