नेकपा (एकीकृत समाजवादी) को उपमहासचिवमा सल्यानका प्रकाश ज्वाला

सल्यान ७, असोज ।
सल्यानका प्रकाश ज्वाला नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादि) को उपमहासचिव बन्नुभएको छ । पार्टीको बिहिवार बसेको केन्द्रिय कमिटी बैठकले ज्वालालाइ केन्द्रिय उपमहासचिवमा चयन गरेको हो । यस्तै बैठकले १७ जनाको पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी र ७३ सदस्यीय पोलिटब्यूरो सदस्य चयन गरेको छ ।

सल्यानी कम्युनिष्ट आन्दोलनका संस्थापक नेताका रुपमा रहेका नेता ज्वाला पार्टीलाइ एकताबद्व गर्दै जिल्लाको बिकास र समृद्धिका लागि अग्रनी नेताको रुपमा चिनिनु हुन्छ । २०५६ मा पहिलाेपटक सल्यान क्षेत्र नम्बर १ बाट सांसद बनेका ज्वाला २०७० मा सल्यान क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य र २०७४ मा सल्यान प्रदेशसभा २ बाट प्रदेशसभा सदस्य बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित