तेस्रो विवाह गरेका वडाअध्यक्ष कुमाई एमालेमा प्रवेश

दुर्गा विसी,
सल्यान ११, असोज ।
तेस्रो विवाहको कसुरमा भर्खरै जिल्ला कारागार सल्यानबाट छुटेका वडाअध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । तेस्रो विवाह गरेर कारगारबाट छुटेका सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष इन्द्र बहादुर कुमाई नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई नेकपा एमालेका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले एक कार्यक्रमका विच पार्टीमा प्रवेश गराउनुभएको हो । संविधान दिवसको अवसरमा जिल्लाका ७ जना कैदिलाई सजाय मिनाहा भए अनुसार कुमाई सहित उनकी तेस्रो श्रीमती पनि छुटेका थिए । कुमाई स्थानीय तहको निर्वाचनमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

पार्टीको अगुवा कार्यकर्ता भेलामा उनी सहित दुई दर्जन भन्दा वढि कार्यकर्ताले पार्टी प्रवेश गरेको नेकपा एमाले नगर कमिटी सदस्य दलवहादुर वस्नेतले जानकारी दिनुभयो । भेलाले लोकेन्द्र बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । यस्तै अनिल बस्नेतको अध्यक्षतामा ३३ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल पनि गठन गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस