सल्यानमा शिघ्र कुपोषण भएका वालवालिकाहरुको लागी बहिरंग उपचार केन्द्र स्थापना

सल्यान १३, असोज ।
सल्यानमा पहिलो पटक शिघ्र कुपोषण भएका बालबालिकाहरुको एकिकृत व्यवस्थापनका लागी बहिरंग उपचार केन्द्रको स्थापना भएको छ । जिल्लाको शारदा नगरपालिका १ स्थित खलंगा स्वास्थ्यचौकी र छत्रेश्वरी गाउपालिका वडा नं ६ स्थित छायाँक्षेत्र स्वास्थ्य चौकीमा उक्त वहिरंग उपचार केन्द्र स्थापना भएको हो । दलित बिकास समाज सल्यान, सुआहारा कार्यक्रमको प्राबिधिक सहयोगमा संचालन भएको उपचार केन्द्र खलंगा स्वास्थ्य चौकीमा १ जना मध्ययम शिघ्र कुपोषित र छायाँक्षेत्र स्वास्थ्य चौकीमा २ जना कडा शिघ्र कुपोषित तथा १ जना मध्ययम शिघ्र कुपोषित बालबालिकाको उपचार सुरु गरिएको छ ।

स्थापना भएका वहिरंग उपचार केन्द्रहरुमा कडा शिघ्र र मध्ययम शिघ्र कुपोषण भएका ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई तयार पारिएको उपचारात्मक खाना आरयुटीएफ मार्पmत उपचार गरिने छ भने केन्द्रहरुबाट ६ देखि ५९ महिनाका सबै बालकालिकाहरुलाई बालभिटा प्रदान गरिने छ । समुदायमा रहेका ६ देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुको पाखुरा मापन, कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाहरु पहिचान गरि पत्ता लागेका कडा तथा मध्ययम शिघ्र कुपोषित बालबालिकाहरुलाई बहिरंग उपचार केन्द्रमा ल्याई एकिकृत रुपमा उपचार गरिने छ । यस प्रकारका वहिरंग उपचार केन्द्र जिल्लाका सबै स्थानीय तहहरुमा यहि असोज महिना भित्र नै स्थापना गरिने कुरा जिल्ला स्थित पालिका स्वास्थ्य संयोजकहरुले जानकारी दिए ।

कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाको जिल्लामै उपचार हुने भएपछि ग्रामीण भेगका १००० दिने आमाहरु खुसि भएका छन् । खलंगा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं शारदा नगरपालिका वडा नं. १ का वडाध्यक्ष नवराज बुढाथोकीको अध्यक्षता तथा शारदा नगरपालिकाका नगर प्रमुख सुरेश अधिकारको प्रमुख आतिथ्यतामा उद्दघाटन भएको वहिरंग उपचार केन्द्रमा पालिका स्थित बिभिन्न वडाका १०/१२ जनाबालकालिकाहरुको चेकजाँच गरिएको थियो ।

उहाँले यस अघि यस्ता कडा तथा मध्ययम शिघ्र कुपोषण भएका बालबालिकाहरुलाई उपचारको लागी जिल्ला बाहिर दांग, नेपालगञ्ज, सुर्खेत लगाएतका ठाउमा लैजानु पर्दा कुपोषित बालबालिकाको घरपरिवारको धेरै खर्च हुने र केही परिवारले त खर्च अभाब कै कारण उपचारका लागी जिल्ला बाहिर जान नसकेको र बालबालिकाको ज्यानै समेत जाने अवस्था सम्म आउने गरेकोमा अव नगरपालिका भित्र नै शिघ्र कुपोषणको एकिकृत व्यवस्थापनको लागी बहिरंग उपचार केन्द्र स्थापना भए पछि उपचारमा सहज भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण सुआहारा कार्यक्रमका बरिष्ठ प्राबिधिक संयोजक निरज केसीले गर्नु भएको थियो भने सञ्चालन दलित बिकास समाज सल्यान सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बहादुर बुढाथोकीेले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस