बन्गाड कुपिण्डे नगरपालिका १ मा नेकपा एसको भेला : दर्जन बढीद्धारा पार्टी प्रवेश

दुर्गा विसी,
सल्यान १४, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं १ मा नेकपा एकीकृत समाजवादीको वडा भेला सम्पन्न भएको छ । भेलामा एक दर्जन बढीले नेकपा एकीकृत समाजवादिमा प्रवेश गरेका छन् । वडा १ को कैंन्डाडाबाट नेपाली कांग्रेस पार्टी प्रत्याग गर्दै एक दर्जन भन्दा वढिले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
नवप्रवेशिहरुमा अर्जुन विक, दिपक विक, टोपवहादुर परियार, निलो कामी, किस्मत आग्री, दिनेश आग्री, सन्तु वुढा, भिम वहादुर विक लगाएतका पार्टी प्रवेश गरेको युवा संघ नगर सचिव प्रसान्त साहुले जानकारी दिनुभयो ।


सो अबशरमा बोल्दै पार्टीका प्रदेश कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गणेश विसी यस वडामा एकीृकत समाजवादीको ८० प्रतिशत वाहुल्यता भएको दावि गनुभएको छ । नेकपा एमाले भन्दा आफ्नो पार्टीको ८० प्रतिशत वश्वर्च छ, त्यो कुरा आगामी चुनावबाट पुष्टि हुने उहाँले बताउनुभयो । हाल देशको विद्यमान परिस्थितिमा पार्टी नीति विधि, पद्धति, न्यायिक सर्वोच्चता र प्रणालीअनुसार चल्ने साथै अरुलाइ सिको गराउने अभियानको यात्रामा रहेको उहाँको भनाइ छ ।


वडा कमिटी अध्यक्ष दिप वस्नेतको अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष तथा समाजवादीका नेता शान्त कुमार यरी, पार्टी नगर अध्यक्ष रविराज शर्मा, शिक्षक नेता शिखर यरी, जिल्ला कमिटी सदस्य टेकेन्द्र विसी, विजय नेपाली, दोर्ण यरी, मोहन विसी, डम्बर साहु, युवा संगठका नगर अध्यक्ष सेरवहादुर विक लगाएतकाले धारणा राख्नुभएको थियो ।

प्रकाश वुढाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव साहुले गर्नुभएको थियो । पार्टी अध्यक्ष वस्नेतको अध्यक्षतामा ५५ सदस्य कमिटी गठन भएको छ भने युवा तर्फ सन्तु वुढाको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ गठन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस