ग्रामिण वचत तथा ऋण सहकारी संस्थाको कुल सम्पती झण्डै २२ करोड

२७ औँ बार्षिक साधारणसभा सम्पन्न

सल्यान १७, असोज ।
ग्रामिण वचत तथा ऋण सहकारी संस्था लिमिटेड शारदा नगरपालिका २ खलंगा सल्यानको कुल सम्पती झण्डै २२ करोड रुपैँया पुगेको छ । सहकारी संस्थाको २७ औँ बार्षिक साधारणसभा सम्पन्न भएपश्चात आइतवार खलंगामा पत्रकार सम्मेलन गर्दै यस सहकारीले आफ्नो कुल सम्पती २१ करोढ ९८ लाख ३८ हजार ६ सय ९० रुपैँया रहेको जनाएको छ ।

यस्तै यस सहकारीको कुल शेयर पुँजी २ करोड ४२ लाख २३ हजार २ सय रुपैँया रहेको सहकारीका प्रवन्धक शान्ता राईले जानकारी दिनुभयो । यस्तै बचत निक्षेप १५ करोड ९४ लाख २९ हजार २ सय ७५ रुपैँया, लगानीमा रहेको ऋण १५ करोड २४ लाख ८ हजार ३ सय ६ रुपैँया रहेको उहाँले जानकारी दिनुभयो । यस्तै सहकारीको नाफा ६३ लाख ९१ हजार ६ सय ३१ रुपैँया रहेको जनाइएको छ ।

यस सहकारीमा हालसम्म १ हजार ९ सय २१ जना शेयर सदस्य र ४ सय २६ जना बाल बचतकर्ता गरेर २ हजार ३ सय ४७ जना सदस्य रहेका छन् । सहकारीका अध्यक्ष धिरेन्द्र कुमार शाक्यले कोभिड १९ ले यस सहकारीलाई प्रत्यक्ष असर गरेतापनि शेयर सदस्यहरुको बित्तिय अनुसाशन, संस्थाको सुशासन, प्रस्ट नीति, विधि र प्रविधि तथा सञ्चालन, कर्मचारीहरुको लगनशिलताका कारण संस्थालाई सुरक्षित गर्न सफल भएको बताउनुभएको छ ।

उहाँले समयको माग अनुसार संस्थालाई प्रविधिमैत्री बनाउदैँ लगेको बताउनुभयो । जसमा एसएमएस प्रणाली, मोबाइल बैकिङ्ग, दैनिक वचत संकलनको लागि ट्याव तथा प्रविधिको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । साधारणसभाको अवशरमा नियमित बाल बचतकर्ता, उत्कष्ट शेयर खरिदकर्ता, उत्कृष्ट नियमित वचतकर्ता, उत्कृष्ट उपभोगकर्ता र संस्थापक सदस्यलाइ सम्मान गरिएको उहाँले बताउनुभयो । उहाँले कोरोना पुष्टि भएका ५४ शेयर सदस्य मध्ये १४ जनाले कोरोना दावी भुक्तानी पाएको जानकारी दिनुभयो ।

सो अबशरमा बोल्दै जिल्ला सहकारी संघ सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठले सहकारीको माध्यमबाट बिद्यमान गरिवीलाई न्यूनिकरण गर्न सकिने बताउनुभएको छ । जिल्लाभर झण्डै २ सय ५० बढी सहकारी भएको बताउदैँ उहाँले सहकारीलाई वचत सँग मात्रै नजोडेर आयआर्जनका कार्यहरुमा समेत जोड्नुपर्ने बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस