अनुसन्धानका क्षेत्रमा प्रहरीले खेलेको भूमिका महत्वपुर्ण छ : प्रजिअ होमागाई

सल्यान २०, असोज ।
सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले खोज तथा अनुसन्धानका क्षेत्रमा प्रहरीले खेलेको भूमिका महत्वपुर्ण भएको बताउनुभएको छ । समाज परिवर्तन र राष्ट्र निर्माणको लागि प्रहरीले उल्लेखनिय काम गरेको बताउदैँ उहाँले खोज तथा अनुसन्धानको क्षेत्रमा प्रहरी सफल भएको बताउनुभएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा ६६ औँ प्रहरी दिवशका अवशरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । सबै सुरक्षा निकायको सक्रियतामा सल्यानमा शान्ति सुरक्षा कामय भएको र जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको उहाँको भनाई छ ।

उहाँले प्रहरी प्रतिको नागरिकको बिश्वासका कारण जिल्लाका बिभिन्न ठाँउबाट प्रहरी युनिटहरुको माग आएको बताउनुभयो । हालै मात्र दार्मा गाउँपालिकाको ढाकाडाम र शारदा नगरपालिकाको स्यानीखालमा प्रहरी युनिट स्थापना गरिएको छ । यस्तै तत्कालै शारदा नगरपालिकाको बरलामा पनि प्रहरी युनिट स्थापना गर्ने तयारी गरिएको उहाँको भनाई छ ।

यस्तै सल्यान प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले न्याय बिक्री नुहने बताउनुभएको छ । पछिल्लो समय प्रहरीका हरेक गतिविधि प्रति नागरिक सन्तुष्ट रहेको र प्रहरी र नागरिकको सम्बन्ध थप प्रगाढ बन्दै गएकाले न्यायमा ढिलो नहुने र न्याय बिक्री पनि नहुने बताउनुभयो ।
दिवशको अबशरमा बिभिन्न उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी सहित बिभिन्न निकायलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस