सल्यान २५, असोज ।
सल्यानको त्रिबेणी गाउँपालिकाले व्यवसायिक पशुपालक किसानहरुलाई घाँसको बीउ वितरण गरेको छ । घाँसमा आधारित पशुपालन गरि उत्पादन लागत कम गरौँ भन्ने नाराका साथ गाउँपालिकाको पशु सेवा शाखाले बीउ वितरण गरेको हो ।
गाउँपालिका भित्रका व्यवसायिक पशुपालक ५२ जना कृषकहरुलाई घाँसको बीउ वितरण गरिएको हो । जसमा हिउदेँ घाँस जै ४ सय ५० केजी र बर्षिम १ सय केजी बीउ वितरण गरिएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।