सल्यानको बन्गाड कुपिण्डेका शिक्षकहरुले पाएनन् दशैँमा तलव

दुर्गा विसी,
सल्यान २६, असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षकहरुले दशैँको मुखमा नै तलव पाउन सकेका छैनन् । अन्तिममा निकासा गरेको शिक्षकको तलव बैंक बन्द हुन मात्र १ दिन रहेको थियोे । नगरले पठाएको निकासा पत्रमा प्राविधिक त्रुटिको कारण देखाउदै बैंकले विद्यालयको खातामा रकम ट्रान्सफर गर्न सकेन । जसका कारण शिक्षक मारमा परेका छन् ।

कार्यालय वस्न नरुचाउने कर्मचारीका कारण र समयमै नगर सभा वस्न नसक्नुको मुख्य कारण शिक्षकहरुले दशैमा तलव खान नपाएका हुन् । निजामती कर्मचारीहरुको खाता खातामा तलव गयो तर शिक्षकको भने विद्यालयको खातामै तलव जान सकेको छैन् । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कार्य समिति सदस्य शिखर कुमार यरीले यस नगरले शिक्षक माथि बिभेद गरेको बताउनुभएको छ ।

चाडपर्वको मुखमा नै तलव नपाएपछि चाडपर्व मनाउन समस्या भएको उहाँको भनाई छ । निजामतीलाई तलव खुलाउने सक्ने तर शिक्षकलाइ यो महामारीको समयमा समेत दशैँमा स्थानीय सरकार निरहि भएको शिक्षकहरुले बताएका छन् । दिनभर बैंकमा कतिवेला तलव आउलाँ भनेर पर्खिएर वसेका शिक्षक लोकवहादुर विसीले तलव नआएपछि यस बर्षको दशैँ कसरी मनाउने भनेर समस्या भएको बताउनुभयो ।

एक सुक्का पकेटमा रकम छैन, कसरि दशै खर्च टार्ने भन्दै उहाँले दुखेसो व्यक्त गर्नुभयो । । गत बर्ष जस्तै यस बर्ष पनि दशैँमा शिक्षकले तलव खान नपाएकोमा राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्तीले रोष प्रकट गर्नुभएको छ । उहाँले नगर प्रमुख, उपप्रमुख र प्रशाकिय अधिकृतको कडा रुपमा विरोध बिरोध गर्नुभयो । शिक्षहरु माथिको विभेदकारी शैलीको निकै विरोध जनाउनुभयो ।

नगरका प्रमुख प्रसाशकिय अधिकृत मनोज रेग्मी कार्यालयमा नबस्ने र जनप्रतिनिधिहरुको बेवास्ताका कारण यस नगरका शिक्षकहरु मारमा परेका छन् । प्रमुख प्रसाशकिय अधिकृत र नगरप्रमुख तथा उपप्रमुख नगर कार्यालयमा नआएको लामो समय भैसकेपछि नगरका शिक्षक सँगै अन्य सेवाग्राहीहरु मारमा परेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित