सल्यान ११, कार्तिक ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रम सम्वन्धि पत्रकारहरुको लागि तीन दिने तालिम सल्यानको खलंगामा सम्पन्न भएको छ । सोमवार देखी जिल्लाको सदरमुकाम खलंगामा शुरु भएको तालिम बुधबार सम्पन्न भएको हो । डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै उहाँले पारिस्थतिकीय प्रणालीलाई सन्तुलित राख्नको लागि सबै जागरुक बन्नुपर्ने बताउनुभएको छ । यस्तै नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले यस तालिमले पारिस्थितिकीय प्रणालीका बारेमा रिपोटिङ गर्न थप मद्धत गर्ने बताउनुभयो ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, विश्व वातावरण कोष तथा संयुक्त राष्ट्र संघीय वातावरणीय कार्यक्रमको संयुक्त तत्वावधनामा तालिमको आयोजना गरिएको हो । यो कार्यक्रममा जिल्लाको बन्गाड कपिण्डे नगरपालिका वडा नम्बर १, ४, ५, ६ र ७ तथा कुमाख गाउँपालिकाको वडा नम्बर ४ मा यो कार्यक्रम सञ्चालन गरिएको हो ।