बन्गाड र कपुरकोटमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटन

सल्यान १३, कार्तिक ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गरिएको छ । जिल्लामा पार्टी कार्यालय उद्घाटन भएको भोली पल्टै बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीवजारमा पार्टीका उपमहासचिव प्रकाश ज्वालाले कार्यालय उद्घाटन गर्नुभएको छ भने कपुरकोट गाउँपालिकाको कपुरकोटमा पार्टीका केन्द्रिय सदस्य भन्द्रसिंह बुढाले उद्घाटन गर्नुभएको हो ।

यसैविच बन्गाडमा पार्टीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा पार्टीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला, नेताहरू प्रेमा अधिकारी, प्रेम डाँगी, गणेश विसी, जीवन विसी, शान्त कुमार यरी, टोपवहादुर विष्ट, पुष्कर विसी लगाएतको सहभागिता रहेको थियो ।

यस्तै कपुरकोटमा पार्टीका गाउँ कमिटी अध्यक्ष दुर्गा पुनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य भद्रसिंह बुढा, जिल्ला कमिटी सदस्य जितप्रसाद आचार्य, टोपेन्द केसी, हरि लाल पुन, पालिका उपाध्यक्ष नन्दलाल महतारा, गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर लगाएतले बोल्नुभएको थियो । सो अबशरमा पार्टीको सदस्यता वितरण, पार्टी कार्यालय व्यवस्थापन लगाएतका बिषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस