राष्ट्रिय आरोग्य दिवश तथा धन्वन्तरी जयन्ती सल्यानमा पनि मनाइयो

सल्यान १६, कार्तिक ।
राष्ट्रिय आरोग्य दिवश तथा धन्वन्तरी जयन्ती सल्यानमा पनि मनाइएको छ । आयुर्वेद विकासको आधार, जनशक्ति विकास र पूर्वाधार भन्ने नाराका साथ आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानको आयोजनामा आज कार्यालय परिसरमा राष्ट्रिय आरोग्य दिवश तथा धन्वन्तरी जयन्ती मनाइएको हो । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा पुजापाठ गरी धन्वन्तरी जयन्ती मनाइएको हो ।


आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिइनुपर्ने आयुर्वेद स्वास्थ्य केन्द्र सल्यानका निमित्त कार्यालय प्रमुख संजय प्रसाद साहले जानकारी दिनुभयो । कोरोना भाइरसबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउनसमेत आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी भएको उहाँले बताउनुभयो । सो अबशरमा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस