सल्यान २२, कार्तिक ।
सल्यानको कालीमाटीबाट तुलसीपुर तर्फ जाँदै गरेको यात्रुबहाक जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन ।
मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका वडा नं। ३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आज सोमबार बिहान ९ बजे दाङको बबई २ एक्लेबर स्थित भे १ ज ५२२ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परि दंगिशरन गाउँपालिका २ निवासी २१ वर्षीया पिमा ओली, बबई गाउँपालिका २ निवासी २३ बर्षीया पबित्रा ओली निजको ३ वर्षीय छोरा बिज्रेस ओली, ३२ वर्षीया कमला बस्नेत, निजको छोरा १० वर्षीय प्रसान्त खत्री, शान्तीनगर गाउँपालिका ४ निवासी ३५ वर्षीया खली ओली, तुलसिपुर उपमहानगरपालिका निवासी २८ वर्षीया सोभा बुढाथोकी, नीजको ७ वर्षीये छोरा लोकेन्द्र बुढाथोकी घाईते भएका छन । यस्तै कालीमाटी गाउँपालिका ३ की बर्ष २८ की रीता खत्री, ३९ का रेसम बुढाथोकी, १८ का खेमराज बुढाथोकी, बर्ष ५ का प्रसान्त राना , १७ की सपना ओली, राप्ती सोनारी गाउँपालिका ९ की बर्ष ३५ की पबित्रा बुढाथोकी, ३० की पिमा खत्री, बाके कोहलपुर नगरपालिका ४ की बर्ष ३२ की दीपा ओली, १५ की संगिता बुढाथोकी, ८ की अपेक्षा बुढाथोकी, बर्दिया बासघारीकी बर्ष २८ की सुशिला राना रहेका छन ।
घाइते १९ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैई रहेको छ । जीप चालक फरार रहेको र खोजिकार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।