नेपाल बिद्यालय कर्मचारी परिषद् शारदा नगरपालिकाको अध्यक्षमा शर्मा

सल्यान २८, कार्तिक ।
नेपाल बिद्यालय कर्मचारी परिषद सल्यानको शारदा नगरपालिकाको दोस्रो नगर अधिबेशन सम्पन्न भएको छ । शनिवार जिल्लाको श्रीनगरमा सम्पन्न भेलाले भरत कुमार शर्माको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा छविलाल रावत, महिला उपाध्यक्षमा रञ्जिता कवर, सचिवमा महेन्द्र चलाउने, सहसचिवमा पुष्पा कवर र सहकोषाध्यक्षमा पुस्पा खत्री रहनुभएको छ ।

यस्तै सदस्यहरुमा धना सेजवाल, भुपेन्द्र भण्डारी, गिता खड्का, भुप बहादुर कवर, बालाराम भारती, तेजी कुमारी कवर, दिपा बस्नेत र चित्र बहादुर घर्ती रहनुभएको सचिव चलाउनेले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस