नेपाली काँग्रेस सल्यानको निर्वाचन आज

सभापतिमा बिष्ट र पुरीका विचमा कडा प्रतिस्पर्धा हुने

सल्यान ६, मंसिर ।
नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट र धुर्वराज पुरीका विचमा कडा प्रतिस्पर्धा हुने भएको छ । सोमबार हुने जिल्ला मतदानका लागि आइतवार बिष्ट र पुरी दुवैले सभापति पदमा उम्मेदवारी दिनुभएको छ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पक्षबाट बिष्ट र काँग्रेस नेता रामचन्द्र पौडेल पक्षबाट पुरीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

जिल्लामा देउवा पक्षको नेतृत्व पुर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले गरिरहनुभएको छ भने पौडेल पक्षमा पुर्वकेन्द्रिय सदस्य डिल्ली रेग्मी, पुर्वसभापति गणेश चन्द्र, पुर्वजिविस सभापति धुर्वराज पुरीले गरिरहनु भएको छ । अधिबेशनमा पौडेल र देउवा पक्षका विच कडाप्रतिस्पर्धा हुने देखिएको छ । बिष्ट जिल्ला समन्वय समितीका प्रमुख हुनुहुन्छ भने पुरी पुर्वजिविस सभापति हुनुहुन्छ ।

यस्तै बिष्टको टिमबाट उपसभापतिमा सन्तोष केसी र गोपाल बुढाथोकी, सचिवमा दिल्ली प्रसाद जैसी र एकराज बुढाथोकी, सहसविचमा खिम बहादुर रावत र बुद्धि प्रकाश हमालले उम्मेदवारी दिनुभएको छ । यस्तै पुरीको टिमबाट उपसभापतिमा चक्र देवकोटा र डिल्ली बहादुर बुढाथोकी, सचिवमा प्रकाश भण्डारी र लोकराज आचार्य, सहसचिवमा जनकराज गौतम र पदम बहादुर बुढाथोकीले उम्मेदवारी दिनुभएको छ ।

जिल्लाभर १ हजार २ सय ८० मतदाता रहेको निर्वाचन अधिकृत सुनिल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सोमबार बिहान ८ वजे देखी साँझ ४ वजेसम्म मतदान हुने जानकारी दिनुभयो । मतदान पश्चात आवश्यक तयारी गरेर मत गणनाको शुरुवात गरिने निर्वाचन समितीले जनाएको छ ।

यसअघि भएको जिल्लाका दुबै प्रदेशसभाको निर्वाचनमा पौडेल पक्षका उम्मेदवारले विजयी हाँसिल गरेका थिए । यस्तै जिल्लाका दश वटा पालिकामा भएको पालिकाका निर्वाचनमा देउवा र पौडेल पक्षका गरेर ५÷५ तहमा जित निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस