एकीकृत समाजवादी शारदा नगरपालिका २ को अध्यक्षमा राई चयन

सल्यान १६, मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सल्यानले संगठन बिस्तारको कामलाई प्राथामिकता दिएको छ । यसैक्रममा शारदा नगरपालिका वडा नम्बर २ का वडा कमिटी गठन गरिएको छ । बिहीबार खलंगामा सम्पन्न भेलाले बिरेन्द्र कुमार राईको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा बिर वहादुर सिह र सुशिला वुढाथोकी, सचिवमा प्रकाश वस्नेत, उपसचिवमा राम वहादुर विष्ट, इन्द्रा भन्डारी र रिता कवर रहनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य पुर्णचन्द्र राइको अध्यक्षता एव पार्टीका जिल्ला उपाध्यक्ष राम खड्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी सचिव रमेश गौतम, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सहइन्चार्ज राजेश विक, जिल्ला कमिटी सदस्य मनविर वस्नेत, प्रकाश नेपाली, पुर्णिमा विक, नगर सदस्य तथा युवा संघका केन्द्रीय सचिवालय सदस्य धिरज रावत, नगर कमिटी सदस्य चोपेन्द्र बाबु वस्नेतले बोल्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित