कालिकोट २०, मंसिर ।
कालिकोट जिल्लाको मान्ममा समुदायमा आधारित संस्थाहरूको लागि उद्यमशीलता व्यावसाय थालनी तथा बजारीकरण सम्बन्धि ३ दिने तालिम आजदेखि मान्ममा सरू भएको छ । मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरण, टिडि एच बिएम जेट जर्मनीको,आर्थिक सहयोगमा संचालित ग्रामीण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक बिविधता ९शुलभ ० परियोजना अन्तर्गतसो तालिम संचालन गरीएको हो !
उद्यमसिलता सम्बन्धित नेपाल सरकारको ऐन,निएम सहभागिलाइ जानकारी गराउने,उत्पादन गरीएका बस्तुलाइ बजारीकरण गर्न सिकाउने ,आयआर्जन,जिविकोपार्जन,सो रोजगार,र ब्यवसाहि बारे के के भिन्नता भन्ने बिषयमा सहभागिलाई जानकारी गराउने उदेश्यले तालिमको अयोजना गरीएको ९शुलभ ० परियोजनाका अनुगमन तथा मुल्याङ्कन अधिकृत सरोज पन्थिले बताए ।
तालिम उद्धघाटनमा तालिमका प्रमुख प्रशिक्षक गंगाराम दाहाले कृषि , व्यावसायिक संचालनको लागि सबै भन्दा जानकार किशान भएको बताउदै उत्पादन र ब्यावसायि संचालनको लागि पढ्लेख गर्नै पर्छ भन्ने नभएको दाहाले बताए । उनले नेपाल सरकारले उद्यमशिलता तथा जिविकोपार्जनको लागी बिभिन्न कार्यक्रम संतालन गरेकाले त्यसको प्रत्यक्ष फाइदा लिन सबंै तालिम सहभागिलाइ अनुरोध गर्दै अब सबैनागरीकले आत्म निर्भताको लागि कुनैन कुनै कृषि पेशामा लागि सोरोजगार बन्नु पर्ने बताए,उनले कृषि प्रदान देश नेपालमा बिदेशि कृषि बस्तुलाइ भित्राउनु दुखको कुरा भएको बताए ।
उनले भने बिदेशि कृषि बस्तुलाइ नभित्राउन केन्द्र सरकार ,प्रदेश सरकार र स्थानिय सरकारले आत्मनिर्भ,उत्पादन तथा कृषि मुखि विषेस योजना बनाइ नेपालको बेरोजगारी हटाउन तिनै तहका सरकार एकसाथ लाग्नु पर्ने प्रमुख प्रशिक्षक दाहाले बताए ।
तालिम उद्धघाटन कार्यक्रमको समापनमा आफ्नो भनाइ राख्दै मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष बिरेन्द्र बहादुर बुढाले कर्णाली प्रदेशमा प्रदेश सरकारले प्रदेशलाई अर्गानिक प्रदेश घोषण गर्ने भने पनि अहिले सम्म हुन नसकेको गुनासो ब्याक्त गर्दै प्रदेश सरकारको निर्णयलाइ पनि सार्थक पार्न कर्णालीका किशानको महत्वपुर्ण भुमिका हुने भएकाले यसमा सबै हाते मालो गरेर लाग्नु पर्ने बताए उनले कालिकोटमा किशान हरुले उत्पादन गरेका वस्तुकालागि बजारी करणको समस्या नभएको बताउदै सबै किशान हरुले निर्धक्का साथ कृषि बस्तुहरु उत्पादन गर्न आग्रह गरे !
तालिम उद्यघाटनमा मानवअधिकार तथा वातावरण बिकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटका कोषाअध्यक्ष दिलिप कुमार शाही,सदस्य खडानन्द अधिकारी शुलभ परियोजना संयोजक राजेश गौतम,जिल्ला कार्यक्रम संयोजक गोपाल सिंह कार्कि ,लेखा अधिकृत लक्ष्मि प्रसाद देवकोटा,पत्रकार लगाएत सरोकारवालाको सहभागिता रहेको थियो ।
तालिमा कर्णाली प्रदेश अन्र्तरगत कार्यक्रम लागु भएका तीन जिल्ला ,मुगु ,हुम्ला ,कालिकोटका अगुवा किसान तथा कृषि सहकारीका प्रमुख तथा प्रतिनिधि गरि जम्मा ४० जना तालिम सहभागीको सहभागीता रहेको छ ।