वैकल्पिक शक्तिको रुपमा एकीकृत समाजवादी उदाएको छ : केसी

 

सल्यान ४, पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का राष्ट्रिय परिषद सदस्य हरी केसीले देश बिकास र राजनितिक स्थिरता कायम गर्नको लागि नेपालमा नेकपा एकीकृत समाजवादी पार्टीको उदय भएको बताउनुभएको छ । जनताको भावना र चाहाना विपरित देशको संविधान र लोकतन्त्रलाई समाप्त पार्ने खेलमा नेकपा एमाले लागेकाले त्यसको रक्षाको लागि पनि एकीकृत समाजवादीको उदय भएको उहाँले बताउनुभएको हो ।

आइतवार सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ को पोखरीडाँडामा पार्टीको टोल कमिटी घोषणा कार्यक्रमलाई संवोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीका प्रदेश कमिटी सदस्य तथा छत्रेश्वरी गाउँ कमिटी इन्चार्ज समेत रहनुभएका उहाँले अव देशको बिकास र कम्युनिष्ट आन्दोलनको रक्षा आफ्नो पार्टीले गर्ने बताउनुभयो । यसका लागि पार्टीप्रति आमनागरिकहरुको आर्कषण पनि बढ्दै गएको उहाँको भनाइ छ ।

भेलामा पार्टीका जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ४ का इन्चार्ज प्रेम केसी, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर ३ का इन्चार्ज यादकर दाहाल, गाउँ कमिटी सदस्य नेव बहादुर खत्री, शेर बहादुर बिक, बालाराम बिक लगाएतको सहभागिता रहेको थियो । वडा कमिटी अध्यक्ष जनक वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँ कमिटी सदस्य बुद्धि वलीले गर्नुभएको थियो ।

यसैविच भेलाले नर बहादुर खत्रीको अध्यक्षतामा २५ सदस्यीय टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा जगत पुन र मेघराज वली, सचिवमा मेघराज खड्का, उपसचिवमा राज कुमारी बिक, चुडामणी खत्री र प्रेम घर्ती रहनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस