हिंसापीडित महिलालाइ आर्थिक सहयोग

सल्यान २८, पुस ।

सल्यानमा एक हिंसा पीडित परिवारलाइ इन्सेकले आर्थिक सहयोग गरेको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ हाँडिटार निवासी २८ वर्षीया लक्ष्मी बिष्ट वलीलाई इन्सेकले आर्थिक सहयोग गरेको हो । ३० वर्षीय श्रीमान दिपेन्द्र वलीले आफु सहित छोरीलाइ समेत भारतमा लगेर बेच्नखोजेपछि भारतबाट फर्किएर न्यायखोज्दै सल्यान आएकी उहाँलाई १५ हजार सहयोग गरिएको हो ।

आर्थिक अवस्था निकै कमजोर भएकाले सहयोग स्वरुप आर्थिक रुपैँया प्रदान गरिएको इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिनुभयो । सहयोग रकम बुभ्mदै वलीले यस्तो अप्ठ्यारो परिस्थितीमा इन्सेकले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस